नेमार र मार्किन्होसको गोलमा पिएजी शीर्ष स्थानमा

दुई ब्राजिलियन खेलाडी नेमार र मार्किन्होसको गोल मद्दतमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ। नेमार र मार्किन्होसले गोल गरेपछि शनिबार राति भएको खेलमा लेन्सलाई २–१ले हराउँदै पिएसजी शीर्ष स्थानमा उक्लिएको हो।

खेलको ३३औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । पहिलो १–०मै सकियो । ५९औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसको दुई मिनेटपछि नै लेन्सका गनागोले गोल फर्काउँने प्रयास गरे। त्यसपछि गोल नहुँदा पिएसजी विजयी भयो।

जितसँगै पिएसजी ३५ खेलमा ७५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको लिलेको ७४ अंक छ । आजै राति हुने खेलमा लिले विजयी भए उ शीर्ष स्थानमा पुग्ने छ । पराजित लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.