रामोसले रातो कार्ड पाएको खेलमा पिएसजी रोकियो

फ्रेन्च लिग वानमा पिएसजी बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा पिएसजी लारियन्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा खेलमा अग्रता पनि लोरियन्टले नै लियो। ४०औं मिनेटमा थोमस मोन्कोन्डुइटले गोल गर्दै लोरियन्टलाई अग्रता दिलाए । खेलमा लोरियन्टविरुद्ध दबाब बनाए पनि पिएसजीले गोलका लागि निकै संघर्ष गरेको थियो।

८६औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा समेटियो । दोस्रो हाफमा मैदान छिरेका रामोसले लोरियन्डका खेलाडीलाई फाउल गरेपछि रेड कार्डा पाएका थिए। इन्जुरी समयको चौथो मिनेटमा पिएसजीले बराबरी गोल फर्कायो । अर्चरफ हाकिमीले क्रसमा माउरो इकार्डीले गोल गर्दै टिमलाई हारबाट जोगाए।

बराबरीपछि ४६ अंकसहित पिएसजी शीर्ष स्थानमा छ भने लोरियन्ट १६अंकसहित १९औं स्थानमा छ।

Facebook Comments Box