मोनाकोसँग घरमै हार्‍यो पिएसजी, दोस्रो स्थानमा उक्लिने मौका गुमायो

आफ्ना स्टार खेलाडीहरु नेमार र एन्जेल डि मारियाविनै मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वानमा घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पिएसजी मोकाकोसँग २–०ले पराजित भयो।

यो पराजयसँगै पिएसजीले लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। २६ खेलमा ५४ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ। शीर्ष स्थानको लिलेको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक छ। यता मोनाको भने ५२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ।

मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले गोल गरेका थिए। खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाए। त्यसपछि खेलको ५१औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २–० को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.