पिएसजी नान्टेससँग घरमै पराजित

डिफेन्डिङ च्याम्पियन पिीएसजी घरेलु मैदानमै पराजित भएको छ। फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलममा पिएसजी घरेलु मैदानमा नान्टेससँग २–१ले पराजित भयो।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भएको हो। खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–०मै सकियो । तर, ५९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २(१ गोलको जित दिलाए ।

यस हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा छ। नान्टेस २७ अंक जोडेर रेलिगेसन जोनमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.