एम्बाप्पे चम्किँदा पिएसजी विजयी

केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि फ्रेन्च लिग वानमा पिएसजीले रोमान्चक जित हात पारेको छ। आइतबार साँझ भएको खेलमा एम्बाप्पेको २ गोल मद्दतमा पिएसजीले सेन्ट इटिनेमाथि ३–२ को जित निकाल्यो ।

पिएसजीको जितमा एम्बाप्पेले २ गोल गरे भने अर्को गोल माउरो इकार्डीले गरे । सेन्ट इटिनेका डेनिस बौन्गा र रोमियन हामुमाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७७ औं मिनेटमा डेनिस बौन्गाले गोल गर्दै इटिनेलाई अग्रता दिलाए। तर, ७९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

८७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१को अग्रता दिलाए। इन्जुरी समयको दोस्रो मिनेटमा रोमियन हामुमाले गोल गर्दै पुनः खेललाई २–२ को बराबरीमा ल्याए। इन्जुरी समयको पाँचौं मिनेटमा इकार्डीले गोल गरेपछि पिएसजीले ३–२ को रोमाञ्चक जित निकाल्यो।

जितसँगै पीएसजीले ३३ खेलमा ६९ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानमा रहेको छ । इटिने ३९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.