
रामोसले गोल गर्दा पिएसजी विजयी
Read Time:1 Minute
डिफेण्डर सर्जियो रामोसले पेरिस सेन्ट जर्मेन ९पीएसजी०का लागि पहिलो गोल गरेका छन् । रामोसले डेब्यु गोल गरेको फ्रेन्च लिग वान खेलका शीर्ष स्थानको पीएसजीले रिम्सलाई ४(० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा मार्को भेराट्टीले ४४औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पीएसजीले दोस्रो हाफमा तीन गोल थपेको थियो । रामोसले ६२औं मिनेटमा गोल गरे ।
यस्तै रिम्सका वोउट फेसले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिए । त्यसपछि ७५ औं मिनेटमा डानिलो परेराले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
जितपछि लिग लिडर पीएसजीले २२ खेलबाट ५३ अंक जोडेको छ । रिम्स २२ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ ।