क्लब फुटबलफुटबल

मेसीको गोलमा पिएसजी बन्यो लिग च्याम्पियन

पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ। शनिबार राति नभएको खेलमा स्ट्राबोर्गसँग १–१को बराबरी खेल्दै पिएसजीले लिग उपाधि जितेको हो।

पिएसजीले लगातार दोस्रो पटक र समग्रमा ११ औं पटक लिग जितेको हो। पीएसजीले सेन्ट एटिएनलाई पछि पार्दै सर्वाधिक उपाधि जित्ने कीर्तिमान पनि बनायो । पछिल्लो एक दशक पीएसजीले ९ पटक लिग जितेको छ।

खेलमा ५९औं मिनेटमा मेसीको गोलमा पिएसजीले अग्रता लियो । उनले किलियन एम्बाप्पेको पासमा गोल गरेका थिए। योसँगै मेसी युरोपको शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

स्ट्रासवर्गका लागि केभिन गमेइरोले ७९औं मिनेटमा बराबरी गोल फर्काए।

३७ खेलबाट पीएसजीको ८५ अंक छ र दोस्रो स्थानको लेन्सको समान खेलबाट ८१ अंक छ । पीएसजीले लिगको अन्तिम खेल हारे पनि लेन्सले भेट्ने छैन।