चार खेल अगावै पिएसजी लिग वान च्याम्पियन

Read Time:1 Minute

पिएसजीले चार खेल बाँकी छँदै फ्रेन्च लिग वानको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दश खेलाडीमा सिमिति लेन्ससँग १(१ को बराबरीमा रोकिए पनि पीएसजीले ४ खेल अगावै लिग उपाधि पक्का गरेको हो ।

यससँगै पीएसजीले सेन्ट एटिएनेसँगै सर्वाधिक १० पटक लिग उपाधि जित्ने कीर्तिमान पनि बराबरी गरेको हो ।

घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ८८ औं मिनेटमा लेन्सका लागि कोरेन्टिन जिनले बराबरी गोल गरे । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

बराबरीपछि पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ । दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक छ । मार्सेले बाँकी खेल जिते पनि पीएसजीलाई भेट्ने छैन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन गेम्समा नेपालले २३ खेल भाग लिने
Next post जेसस चम्किँदा इपिएलमा सिटीको जित
Close