हाकिमीलाई कोरोना संक्रमण पुष्टी

फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अचरफ हाकिमीलाई कोरोना संक्रमण पुष्टी भएको छ। दुई साता अघिमात्र इटालिनय क्लब इन्टर मिलानबाट पिएसजी आएका हाकिमीलाई शनिबार कोरोना संक्रमण पुष्टी भएको हो।

प्रि–सिजनमा एफसी चाम्ब्लीसँग मैत्रीपुर्ण खेल खेल्नुअघि गरिएको कोरोना परिक्षणमा उनलाई संक्रमण पुष्टि भएको क्लबले जनाएको छ। कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन्।

२२ वर्षीय मोरोक्कोका युवा डिफेन्डर हाकिमीलाई पीएसजीले ७० मिलियन युरोमा इटर मिलानबाट पिएसजी आएका हुन्। गत सिजनमात्रै हाकिमी इन्टर मिलान आएका थिए। ​इन्टरलाई लिग जिताउने क्रममा उनले गत सिजन ३७ खेल खेलेका थिए।

Facebook Comments Box