
मनाङ छाडेका मिडफिल्डर पुजन मछिन्द्रबाट आहा–रारा पोखरा गोल्डकप खेल्दै
Read Time:1 Minute
शुक्रबार मात्र मनाङ मर्स्याङ्दी क्लब छाडेको घोषणा गरेका नेपाली राष्ट्रिय टिमका मिडफिल्डर पुजन उपरकोटी लागतार दुई पटकको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप खेलिरहेका छन्।
मछिन्द्रले पुजनको अनबुन्धनका विषयामा केही बताएको छैन। तर, उनी अहिले पोखरा रंगशालामा जारी चर्च बोइजविरुद्धको क्वार्टरफाइनल खेले खेलिरहेका छन्।
पुजनले मनाङमा तीन वर्ष बिताएर गत शुक्रबारमात्र सामाजिक सञ्जालमार्फत मनाङ छाडेको बताएका थिए । सन् २०१९मा मनाङले लिग जित्दा पुजन मुख्य खेलाडी थिए।
यअसघि कप्तान अञ्जन विष्टले पनि क्लबसँग असन्तुष्टी जनाउँदै मनाङ छाडेका थिए। लिग नजिकिँदै गर्दा आफ्ना सिनियर खेलाडीले क्लब छाडेपछि मनाङ दबाबमा परेको छ।