नेपाली महिला फुटबल टिमकी पुमनको मुटुको शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अनुभवी डिफेन्डर पुनम जर्घामगरको मुटुको शल्यक्रिया गरिएको छ। शहिद गंगालाल हृदय केन्द्रमा मंगलबार पुनमको सफल शल्यक्रिया गरिएको हो।

पुनमको मुटुको शल्यक्रियाको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको थियो। डाक्टर रिजु महर्जनको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

एएफसी महिला एसियन कप छनोटको तयारीका लागि क्लोज क्याम्पमा रहेकी पुनममा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल अगाडि गरिएको स्वास्थ्य परीक्षणमा मुटुमा समस्या देखिएको थियो । सोही कारण उनी राष्ट्रिय टिमबाट बाहिरिएकी थिइन्।

शल्यक्रियापछि पुनम पुनः मैदान फर्कने सम्भावना रहेको बताइएको छ । चाँडै शल्यकक्रिया भएकाले पुनम मैदान फर्कन सक्ने बताइएको छ। ६ महिनापछि स्वास्थ्य परीक्षण गरेपछि खेल्न सक्ने नसक्ने भन्न सकिने डाक्टरहरुले बताएका छन्।

सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी पुनम नियमित रुपमा राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेलिरहेकी छिन् । उनी विभागीय टोली आर्मीकी महत्त्वपूर्ण सदस्य हुन् ।

Facebook Comments Box