मुटुमा समस्या देखिएपछि पुनमले छाडिन् राष्ट्रिय टिम

Read Time:2 Minute

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी डिफेन्डर पुनम जर्गा मगरले राष्ट्रिय टिम छाडेकी छिन् । मुटुमा समस्या देखिएपछि पुनमले राष्ट्रिय टिम छाड्नु परेको हो।

राष्ट्रिय टिमकी भरपर्दी डिफेन्डर पुनमले एएफसी वुमन्स एसियन कपका लागि १ महिला बन्द प्रशिक्षण गरेकी थिइन् । तर, बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलअघि गरिएको स्वास्थ्य परीक्षणमा उनको मुटुमा समस्या देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई राष्ट्रिय टिमबाट रिलिज गरेको छ।

पुनमसँगै बन्द प्रशिक्षणमा रहेका अन्य खेलाडी सोमरबा राति वुमन्स एसियन कप छनोट खेल्न उज्वेकिस्तान प्रस्थान गरेका छन् । तर, पुनम भने टिमसँगै उज्वेकिस्तान जान सकिनन्।

मुटुमा समस्या देखिएपछि पुनमले बंगलादेशविरुद्धका दुवै मैत्रीपूर्ण खेल पनि खेलिनन्। पुनमको खेल जीवनको अन्तिम खेल हुन सक्ने भन्दै नेपाली टिमले पुनमको सम्मानमा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा उनलाई १२औं खेलाडीमा रुपमा मैदानमा उतारेको थियो। नेपालको राष्ट्रिय गान बज्दासम्म पुनः मैदानमै थिइन्।

गंगालाल अस्पतालमा खेलाडीको स्वास्थ्य जाँच (पिएमसिए) गर्दा पुनमको मुटुमा समस्या देखिएको थियो । उनको मुटुमा प्वाल परेको बताइएको छ। त्यसपछि उनलाई डाक्टरहरुले नखेल्न सुझाव दिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कुशल र रोहितको सानदार ब्याटिङ, अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी
Next post बर्नलीमाथि एभर्टनको जित
Close