विश्वकप फुटबलका ब्रान्ड एम्बासडरलाई कोरोना

सन् २०२२ मा कतारमा आयोनजा हुने विश्वकप फुटबलका ब्रान्ड एम्बासडर आदिल खामिसलाई कोरोना संक्रमण भएको छ । केही सयमदेखि अवस्थ रहेका उनलाई परीक्षण गर्दा कोरोना पुष्टी भएको हो ।

आदिलमा कोरोना संक्रमण पाइएपछि उनलाई स्वास्थ्यकमीृहरुको कडा निगरानीमा राखिएको विश्वकप आयोजक समितिले जनाएको छ । आदिल करतारका पूर्वराष्ट्रिय खेलाडी समेत हुन् ।

५८ वर्षीय डिफेन्डर आदिलले सन् १९८४ देखि सन् २००० सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । त्यसबीच उनले ५८ खेल खेल्दै १८ गोल गरेका थिए ।

यसअघि विश्वकपका लागि भौतिकपूर्वाधार निर्माणमा खटिएका ८ जना कर्मचारीमा समेत कोरोनाको संक्रमण देखिएको थियो । कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि विशेष सुरक्षा अपनाउँदै कतारले विश्वकपको तयारीलाई जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *