एक दिन अघि सर्‍यो विश्वकप

कतारका आयोजना हुने विश्वकप फुटबल एकदिन अघि सरेको छ। कतार फुटबल संघको आग्रहमा फिफाले विश्वकपको तालिका एकदिन अघि सारेको हो।

नोभेम्बर २१ बाट सुरु हुने भनिएको विश्वकप अब नोभेम्बर २०बाटै सुरु हुने छ। नयाँ तालिका अनुसार विश्वकपको उद्घाटनको दिन एक खेल मात्र हुने छ। यसअघि उद्घाटनका दिन तीन हुने तालिका थियो ।

अब प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामाना गर्ने छ। यसअघि उद्घाटन खेलमा नेदरल्यान्ड्स र सेनेगलबीच हुने तय थियो।

विश्वकपको पहिलो खेलमा आयोजकले खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप लिग २ : युएईलाई हराउँदै अमेरिका चौथो स्थानमा
Next post यू–१७ टिमको बन्द प्रशिक्षणका लागि छानिए ३० खेलाडी, १५ खेलाडी बाहिरए
Close