क्लब फुटबलफुटबल

राफा लिआओ सन् २०२८सम्म एसी मिलानमै रहने

पोर्चुगिज युवा विंगर राफा लिआओ इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन्। २३ वर्षीय लिआओले ५ वर्षका लागि सम्झौता नवीकरण गरेका छन्।

उनलाई भित्र्याउन ठूला क्लबले चासो देखाएका थिए। सन् २०१९मा फ्रेन्च क्लब लिलबाट एसी मिलान आएका उनी अब सन् २०२८ जुनसम्म मिलानमै रहनेछन्।

लिआओ दुई सिजन यता निकै उत्कृष्ट फर्ममा छन्। अघिल्लो सिरिन उनी सिरिएकै उत्कृष्ट खेलाडी बनेका थिए।

४ सिजन मिलानमा बिताउँदा उलने १६२ खेल खेल्दै ४१ गोल र २९ असिस्ट गरेका छन्।