ब्राजिलियन स्ट्राइकर राफिन्हा लोनमा पुनः सेल्टाभिगो गए

बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर राफिन्हा ला लिगाकै अर्को क्लब सेल्टाभिगोमा आबद्ध भएका हुन् । बार्सिलोनको पहिलो रोजाईमा पर्न संघर्षरत राफिन्हा एक वर्षे लोनमा सेल्टाभिगो गएका हुन् ।

सन् २०११ मा बार्सिलोनाको बी टिमबाट सिनियर टिममा डेब्यू गरेका राफिन्हाले सन् २०१३÷१४ मा लोनमा सेल्टाभिगोबाट खेलेका थिए । अघिल्लो सिजन उनले लोनमै इटालियन क्लब इन्टर मिलानबाट खेलेका थिए ।

उनले बार्सिलोनाबाट ९० खेल खेल्दै १२ गोल गरेका छन् । सन् २०१३÷१४मा सेल्टाभिगोका उनले ३३ खेलमा ४ गोल गरेका थिए भने इन्टर मिलानबाट १७ खेलमा २ गोल गरेका थिए ।

बार्सिलोनासँग उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै थियो । लोनमा सेल्टाभिगो जानु अघि राफिन्हाले बार्सिलोनासँग १ वर्षका लागि सम्झौता थप गरेका छन् । अब उनी सन् २०२१सम्म बार्सिलोनामा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP