स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित

रहिम स्टर्लिङले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सादारन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ५–०ले हरायो ।

सिटीलाई सानदार जित दिलाउने क्रममा स्टार्लिङले ह्याट्रिक गरे भने ग्यब्रियल जेसुस र बर्नार्डो सिल्भाले समान १ गोल गरे । सिटीले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।

२१औं मिनेटमा स्टर्लिङको गोलमा सिटीले सुरुवाती अग्रता लियो । ४४औं मिनेटमा जेसुसले गोल गरेपछि सिटीले पहिलो हाफमा २–०को अग्रता लियो । ५३औं मिनेटमा स्टर्लिङ र ५८औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ४–०को अग्रता लियो । ८१औं मिनेटमा स्टर्लिङले गोल गर्दै ह्याटिङक पुरा गरे र टिमलाई ५–०को सहज जित दिलाए ।

सिटीले यो सिजन विपक्षी पोस्टमा ९१ गोल गरेको छ भने ३४ गोल खाएको छ । च्याम्पियन लिभरपुलले ७६, लेस्टर सिटीले ६४ र चेल्सीले ६३ गोल गरेका छन् ।

खेलमा सिटीले ७० प्रतिशत बल पोजेसन बनाउँदै ब्राइटनको पोस्टमा २३ सट प्रहार गरेको थियो, जसमध्ये ८ सट फ्रेममा थियो । यता ब्राइटनले ३ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *