राइनो गोल्डकपको उपाधि च्यासललाई

यसै वर्ष ए डिभिजनमा बढुवा भएके क्लब च्यासल युथ क्लबले चौथो राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ ।

बिहीबार नवलपरासीमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासलले उपाधि जितेको हो ।

खेलमा दुवै टिमले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टीमा च्यासलका विमल घर्तिमगर, छिरिङ गुरुङ, विश्व अधिकारी, देवेन्द्र तामाङ र हेमन्त थापामगरले गोल गरेका थिए ।

पुलिसका रेजिन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गरे भने तेज तामाङ भने गोल गर्न असफल भएका थिए ।
उपाधिसँगै च्यासलले र ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो भने पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा भएको प्रतियोगितामा १२ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *