मछिन्द्रलाई हराउँदपिप्ले क्लबले राजर्षी जनक गोल्डकप

Read Time:3 मिनेट

‘ए’ डिभिजन क्लब मछिन्द्रलाई हराउँदै मकवानपुरको पिप्ले युवा क्लबले छैठौं राजर्षी जनक गोल्डकपको उपाधि जितेको छ । साविक विजेता पिप्लेले सडन डेथमा मच्छिन्द्रलाई ४–३ ले पराजित गरेको हो ।

९० मिनेटको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमै पिप्ले विजयी भएको हो । सडन डेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाले प्रहार गरेको गोल नै निर्णायक सावित भयो ।

पेनाल्टीमा मच्छिन्द्रको तर्फबाट विमल घर्तिमगरको पहिलो प्रहार नै रोक्न सफल पिप्लेका गोलरक्षक अशोक बरालले पेनाल्टीमा पछि परेको स्थितिमा मच्छिन्द्रका देवेन्द्र तामाङको अन्तिम प्रहार पनि रोकेका थिए । मच्छिन्द्रको तर्फबाट सुजल श्रेष्ठ, विजय धिमाल र अफ्रिकी खेलाडी करिमको प्रहार गोलमा परिणत भएको थियो ।

पिप्ले युवा क्लबका अशोक खवास, समीरराज थोकर र अमीर श्रेष्ठको प्रहार गोलमा परिणत हुँदा कुलदीप कार्कीको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरियो । यस्तै अफ्रिकी खेलाडी मार्टिन्सको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए ।

पिप्लेका गोलरक्षक अशोक बरालको उत्कृष्ट बचाउसँगै पिप्ले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पिप्ले युवा क्लबले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका विमल घर्तिमगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मुम्बईमाथि दिल्लीको जित
Next post राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित
Close