यू–२३ का स्ट्राइकर राजेशले भारतीय लिग खेल्ने

नेपाली यू–२३ राष्ट्रिय टिमका स्ट्राइकर राजेश परियारले भारतीय लिग खेल्ने भएका छन् । राजेशले एआरए एफसी अहमदाबादबाट भारतको बी डिभिजन लिग खेल्ने भएका हुन् ।

राजेशले मंगलबार फेसबुकबाट आफू भातरको बी डिभिजन क्लब अहमदाबादमा अनुबन्धित भएको जानकारी गएका छन् । उनी बिहीबारलाई भारत जाने बताइएको छ ।

२० वर्षीय राजेश एन्फा एकेडेमीका उत्पादन हुन् । १३औं सागमा नेपालले फुटबलमा स्वर्ण उनी पनि टिममा थिए । राजेशले ए डिभिजन लिड न्युरोड टिम ९एनआरटी०बाट खेलेका थिए ।

भारतको बी डिभिजन लिग खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । गत महिना स्ट्राइकर अभिषेक रिजाल बी डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *