क्लब फुटबलफुटबल

मेसी र रामोसको बिदाई खेलमा पिएसजी पराजित

अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले क्लबका लागि खेलेको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पिएसजी पराजित भएको छ।

फ्रेन्स लिग वानको सिजनको अन्तिम खेलमा पिएसजी क्लर्मन्टसँग ३–२ गोलले पराजित भएको हो। यद्यपी पिएसजीले लिगको उपाधि यसअघि नै जितेको थियो।

विदाइ खेलमा रामोसले १६ मिनेटमा गोल गरेका थिए। रामोसले पनि सम्झौता सकिएपछि नवीकरण नगर्ने भएका हुन्।

मेसीले दुई सिजनमा क्लबका लागि ७५ खेलमा ३२ गोल गरे। मेसीले यो सिजन सम्झौता सकिएपछि क्लब छाड्ने पक्का भइसकेको छ।

मेसी साउदी अरेबियाको अल हिलाल वा अमेरिकाको इन्टर मियामी जाने चर्चा छ। तर, घोषणा भने भइसकेको छैन।

३७ वर्षीय डिफेन्डर रामोसले पिएसजीका लागि दुई सिजनमा ५७ खेल खेले।