अन्तर्राष्ट्रिय फुटबल नखेल्ने रामोसको घोषणा

Read Time:1 Minute

स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका छन् ।

रामोसले स्पेनका लागि एक विश्वकप र दुई युरोकप समेत जितेका छन् । सन् २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप जित्दा स्पेनी टिममा रहेका रामोस पछिल्लो पटक कतारमा भएको विश्वकपमा भने टोलीमा अटाएनन् । उनले २०२१ मार्चदेखि स्पेनका लागि खेलेका थिएनन् ।

रामोसले सन्यासका लागि अब समय आएको बताएका छन् । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post दुई ब्राजिलियन खेलाडी चम्किँदा बार्सिलोनामाथि युनाइटेडको पुनरागमन जित
Next post सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा, युएई जान पाउलान् ?
Close