यी हुन् रोनाल्डो र मेसी दुवैसँग खेल्न पाउने भाग्यमानी खेलाडी

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसी विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुन्। यी दुईले विश्व फुटबलमा १ दशक यता राज नै गरेका छन्। रोनाल्डो या मेसीसँग ट्रेसिङ रुम सेयर गर्न पाउनु धेरै खेलाडीले आफ्ना ठूलो उपलब्धिका रुपमा लिने गरेका छन्।

अझ विश्व फटबलकै उत्कृष्ट यी दुवै खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु चानचुने कुरा होइन् । एन्जेल डि मारियादेखि जेरार्ड पिकेसम्मले मेसी र रोनाल्डो दुवैसँग डे«सिङ रुम सेयर गर्न सौभाग्य पाएका छन्।

यही लिस्टमा अब थपिने छन्, रियल मड्रिडका पूर्वखेलाडी त्रय सर्जियो रोमास, अचरफ हाकिमी र केलर नाभास। यस्तै, पोर्चुगिज मिडफिल्डर डानिलाे परेरा पनि यो लिस्टमा थपिने छन्। मंगलबार राति मात्र मेसी २१ वर्षपछि बार्सिलोन छाड्दै फ्रेन्च क्लबमा अनुबन्धित भएपछि यी चार खेलाडीले रोनाल्डो र मेसी दुवैसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर पाउन लागेका हुन्।

रामोस यसै सिजन रियल छाड्दै पिएसजी पुगेका हुन् भने २ सिजनअघि नै रियल छाडेका हाकिमी इन्टरमिलानबाट पिएसजी पुगेका हुन्। नाभास भने सन् २०१९मा पिएसजी गएका थिए। यी तीन खेलाडीले रोनाल्डोसँग रियल मड्रिममा ड्रेसिङ रुम सेयर गरेका थिए भने, परेराले पोर्चुगिज राष्ट्रिय टिममा।

यी हुन् रोनाल्डो र मेसीसँग ड्रेसिङ रुप सेयर गर्ने भग्यमानी खेलाडी

⦿ एन्जेल डि मारिया (रोनाल्डोसँग रियल मड्रिड, मेसीसँग अर्जेन्टिना)

⦿ पाउलो डिबाला (रोनाल्डोसँग युभेन्टस, मेसीसँग अर्जेन्टिना)

⦿ जेरार्ड पिके (रोनाल्डोसँग म्यान्चेस्टर युनाइटेड, मेसीसँग बार्सिलोन)

⦿ कार्लोस टेभेज (रोनाल्डोसँग म्यान्चेस्टर युनाइटेड, मेसीसँग अर्जेन्टिना)

⦿ इजेक्वील ग्यारी (रोनाल्डोसँग रियल मड्रिड, मेसीसँग अर्जेन्टिना)

⦿ फर्नान्डो गागो (रोनाल्डोसाग रियल मड्रिड, मेसीसँग अर्जेन्टिना)

⦿ आन्द्रे गोमेज (रोनालडोसँग पोर्चुगल, मेसीसँग बार्सिलोना)

⦿ डेको (रोनालडोसँग पोर्चुगल, मेसीसँग बार्सिलोना)

⦿ गोन्जालो हिगुइन (रोनालडोसँग युभेन्टस, मेसीसँग अर्जेन्टिना)

⦿ नेल्सन सेमेडो (रोनालडोसँग पोर्चुगल, मेसीसँग बार्सिलोना)

⦿ फ्रान्सिस्को ट्रिन्काओ (रोनालडोसँग पोर्चुगल, मेसीसँग बार्सिलोना)

⦿ अर्थुर मेलो (रोनालडोसँग युभेन्टस, मेसीसँग बार्सिलोना)

⦿ मिरालेम पियानिच (रोनालडोसँग युभेन्टस, मेसीसँग बार्सिलोना)

⦿ मार्टिन कासेरस (रोनालडोसँग युभेन्टस, मेसीसँग बार्सिलोना)

⦿ हेनरिक लार्सन (रोनाल्डोसँग म्यान्चेस्टर युनाइटेड, मेसीसँग बार्सिलोना)

⦿ ग्याब्रिअल हेइन्ज (रोनाल्डोसँग म्यान्चेस्टर युनाइटेड, मेसीसँग बार्सिलोना)

Facebook Comments Box