अल्मुताइरीलाई रञ्जित धिमालको गम्भीर आरोप, भन्छन्– तपाईंको हर्कत नै खेलाडी पलायनको मुख्य कारण हो

Read Time:3 मिनेट

नेपाली फुटलबरहरू धमाधम विदेशिन थालेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार खेलाडीको विदेश पलायन रोक्न आग्रह गर्दै फेसबुक स्टाटस लेखे। उनले नेपाल सरकारलाई आग्रह पनि गरे– नेपाली खेलकुदको भविष्य जोगाउन तत्काल कमद चाल्नुहोस् ।

अल्मुताइरीले खेलाडीको विदेश पलायन रोक्न आग्रह गरेको केही घण्टापछि नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रञ्जित धिमालले त्यसमा प्रतिक्रिया जनाए। शनिबार दिउँसो फेसबुकम स्टाटस लेख्दै रञ्जितले फुटबलर विदेशिनुको मुख्य कारण अल्मुताइरी भएको गम्भीर आरोप लगाए।

पहिले फुटबल गतिविधि नहुँदा पनि खेलाडी पलायन नभएको बताउँदै रञ्जितले अल्मुताइरीले हर्कत नै खेलाडी पलायनको मुख्य कारण भएको बताएका छन्।

‘पहिले पनि नेपालमा राम्रो फुटबल गतिविधि हुँदैनथ्यो, तर त्यतिवेला खेलाडीले अहिलेजस्तो विदेश पलायन रोजेनन्,’ उनले लेखेका छन्, ‘तर अहिले किन खेलाडी पलायन रोजे ? यसको मुख्य कारण तपाईको हर्कत नै हो ?’

नेपाल फुटबल गतविधि होस् भन्ने आफूहरुले पनि चाहेको उल्लेख गर्दै रञ्जित लेख्छन्, ‘यो त हामी पनि चाहन्छौँ, फुटबल गतिविधि नियमित होस् । तर, अहिले नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि पलायन भइरहेका छन्। यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो।’

नेपाल सुपर लिग रोक्ने खोजेको आरोप पनि रञ्जितले अल्मुताइरीमाथि लगाएका छन्। ‘तपाईं फुटबल गतिविधिको कुरा गर्दै हुन्छ, कति झुट बोल्नुहुन्छ, लाज लाग्दैन? एनएसएल रोक्न खोज्ने तपाईं नै होइन?,’ उनले खेलेका छन्, ‘हामी सबैलाई त्यो घटना याद छ । एन्फा एनएसएल होस् भन्ने चाहन्थ्यो, र २ हप्ता प्रशिक्षण पछाडि धकेल्न भयो। तर, तपाईं खेलाडीलाई धम्ध्याउनु भयो।’

‘तिमीहरू एनएसएल खेल्छौ कि अःमुताइरीको टोलीबाट खेल्न चाहन्छौ ? सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन्,’ अल्मुताइरीले खेलाडीलाई धम्क्याएको अरोप लगाउँदै लेखेका छन्, ‘पछि तपाईं आफैं एनएसएलका पक्षमा स्टाटस लेखेर समर्थकको ध्यान आफूतिर तान्न लाग्नुभयो। एनएसलनको पक्षमा आफू रहेको नाटक गर्नुभयो ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Previous post फुलहमसँग रोकियो लिभरपुल
Next post मेसी र नेमार चम्किँदा पएिसजीको जित
Close