क्लब फुटबलफुटबल

डेनिस स्ट्राइकर होजलुन्ड युनाइटेडमा

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले डेनिस युवा स्ट्राइकर रासमस होजलुन्डलाई अनुबन्धन गरेको छ। २० वर्षीय स्ट्राइकर होजलुन्डलाई युनाइटेडले इटालियन क्लब एट्लान्टाबाट अनुबन्धन गरेकोछ।

उनलाई भित्र्याउन युनाइटेडले ८५ मिलियिन युरो खर्चियो। होजलृन्डले युनाइटेडसँग ५ वर्षको सम्झौतान गरेका छन्। उनी सन् २०२८सम्म ओल्ड ट्राफोर्डमा रहने छन्।

युनाइटेडसँग सम्झौता गरेपछि होजलुन्डले ओल्ड ट्राफोर्ड अगाडि युनाइटेडको खेलाडी भएर हिँड्ने आफ्नो सानैदेखिको सपना पुरा भएको बताएका छन्। आफ्नो सपना साकार हुँदा आफू उत्साहित भएको उनले बताएका छन्।

अघिल्लो सिजनमात्र अस्ट्रियन क्लब स्ट्रुम ग्राजबाट एट्लान्टाका आएका उनले ३४ खेल खेल्दै १० गोल गरेका छन्।

होजलुन्डले युनाइटेडका सुरुआती केही खेल भने गुमाउने छन्। उनी अभ्यासका क्रममा केही दिनअघि घाइते भएका थिए।