वुल्भ्सले सेफिल्डलाई हरायो

वुल्भ्सले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा सहज जित निकालेको । सोमबार राति भएको खेलमा वुल्भ्सले सेफिल्ड युनाइटेडलाई २–०ले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा भएको खेलमा उल्भ्सलाई जित दिलाउने क्रममा राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गरे । वुल्भ्सले खेलको सुरुवातमै दुवै गोल गरेको थियो ।

खेलको तेस्रो मिनेटमा जेमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । छैटौं मिनेटमा सइसले गोल गर्दै उल्भ्सलाई २–० को जित दिलाए ।

त्यसपछि खेलमा कुनै गोल नहुँदा वुल्भ्स विजयी भयो । खेलको पहिलो हाफमा वुल्भ्सले पूर्ण दबाब बनाएको थियो भने दोस्रो हाफमा भने सेफिल्डले दबाब दिएको थियो । उसले थुप्रै गोलका अवसर सिर्जना गरेको थियो ।

खेलमा सेफिल्डले ५६ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले वुल्भ्सको पोस्टमा ९ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो । यता, वुल्भ्सले १४ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *