एभर्टनमाथि वुल्भ्सको सानदार जित

इंग्लिस प्रिसमयर लिग फुटबलमा वुल्भ्सले सादनर जित निकालेको छ । आइतबार साँझ घरेलु मैदानमा वुल्भ्सले एभर्टनमाथि ३–०को सादनर जित निकालेको हो ।

वुल्भ्स्लाई सानदार जित दिलाउने क्रममा राहुल जिमिनेज, लिन्डेर डिन्डोन्कर र डिएगो जोटाले गोल गरेका थिए । वुल्भ्स्ले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा जिमिनेजले पेनाल्टीमा गोल गर्दै वुल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै डिन्डोन्करले गोल गरेपछि वुल्भ्सले अग्रता दोब्बर बनायो । ७४औं मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सले सहज जित निकाल्यो ।

खेलमा वुल्भ्सले ५५ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले एभर्टनको पोस्टमा १५ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो । यता, एभर्टन ७ सट प्रहार गरेकोमा २ सट मात्र फ्रेममा थियो ।

यो जितसँगै वुल्भ्सले युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ । ५५अंकका साथ वुल्भ्स छैठौं स्थानमा छ भने एभर्टन ४५अंकका साथ ११औं स्थानमा छ ।

यसैगरी आइतबार राति नै भएको खेलमा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई २–०ले हरायो । एस्टन भिल्लाको जितमा ट्रेजुगेटले दुवै गोल गरे । यो जितपछि एस्टन भिल्लालाई रेलिगेसनबाट बच्ने सम्भावनालाई कायमै राखेको छ।

एस्टन भिल्ला ३० अंकका साथ १८औं स्थानमा छ । भिल्लाभन्दा पछि बोर्नेमाउथ र नर्विच सिटी छन्। क्रिस्टल प्यालेस भने ४२ अंकका साथ १४औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.