माने र सलाहको गोलमा लिभरपुल विजयी

युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६को पहिलो लेगमा योर्गेन क्लोपको टिम लिभरपुल विजयी भएको छ। मंगलबार राति हंगेरीको बुडापेस्टमा भएको खेलमा साडियो माने र मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले जर्मन क्लब आरबी लेइपजिगलाई २–०ले हरायो।

कोरोना भाइसरको संक्रमण फैलिएका कारण जर्मन सरकारले खेल अन्तै सार्न भनेपछि लिभरपुल र लेपजिगबीचको खेल बुडापेस्टमो भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिाये।

५३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यसको ५ मिनेट बित्न नपाउँदै साडियो मानेले गोल गरेपछि लिभरपुल २–०ले विजयी भयो ।

खेलमा ५३ प्रतिशत बल पोजेसन बनाएको लिभरपुलले लेइपजिगको पोस्टमा १० सट प्रहार गरेको थियो, जसमा ३ सट फ्रेममा थियो । यता लेपजिगले १२ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.