ओल्मो चम्किँदा लेइपजिग विजयी

जर्मन बुन्डेस लिगा फुटबल प्रतियोगितामा आरबी लेइपजिगले जित हात पारेको छ । शुक्रबर राति भएको एकमात्र खेलाम लेइपजितले होफमहाइममाथि २–०को जित निकालेको हो ।

लेइपजिगलाई जित दिलाउने क्रममा दुवै गोल ड्यानी ओल्मोले गोल गरे । ओल्मोले २ मिनेट अन्तरमा २ गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

नवौं मिनेटमा ओल्मको गोलमा लेइपजिगले सुरुवात मै अग्रता लियो, लगत्तै ११औं मिनेटमा ओल्मोले नै गोल गरेपछि लेपजिगले सुरुवातमै अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र लेइजिग २–०ले विजयी भयो ।

यो जितसँगै लेइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँगके दुरी १ अंकमा झारेको छ । लेइपजिग ६२ अंकका साथ तेस्रो स्थाना छ भने होफनहाइम ४३ अंक सहित सातौं स्थानमा छ । ७० अंक जोडेको बायर्न म्युुनिख शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.