आरबी लेइपजिग जर्मन कपको फाइनलमा

आरबी लेइपजिग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा वेर्डेर ब्रेमेनलाई २–१ ले हराउँदै लेइपजिग फाइनल पुगेको हो।

लेइपजिगको जितमा हि–चान ह्वाङ र इमिल फोर्सवर्गले गोल गरे भने ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए। खेलको निर्धारित ९० मिनेटमा समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा तीन गोल भयो।

९३औं मिनेटमा हि–चानले गोल गर्दै लेइपजिगलाई सुरुवाती अग्रता दिलाए। अतिरिक्त समयको पहिलो हाफको इन्जुरी सयमको पहिलो मिनेटमा ब्रेमेनका लियोनार्दोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फोर्सवर्गले गोल गर्दै लाइपजिगलाई २–१ को जित दिलाए ।

अब लेइपजिगले उपाधिका लागि बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ। डर्टमण्ड र केइलबीचको सेमिफाइनल आज राति हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.