मैत्रीपूर्ण खेलमा रियल रोकियो, एट्लेटिको पराजित

Read Time:2 Minute

सिजन सुरु हुनुअघिको अन्तिम मैत्रीपूर्ण खेलमा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले खराब नतिजा निकालेका छन् । आइतबार राति भएको खेलमा रियल इटालिनय क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिँदा एट्लेटिको डचक्लब फेयनूर्डसँग २–१ले पराजित भयो।

शनिबार अस्ट्रियामा भएको खेलमा ग्यारेथ बेलले गोलको सुनौलो मौका गुमाउँदै रियल रोकिएको हो। पहिलो हाफको ४०औं मिनेटमा प्राप्त पेनाल्टीमा बेल गोल गर्न असफल भए। बेललाई मिलानका डिफेन्डरले लडाएपछि रियलले पेनाल्टी पाएको थियो । उनको पेनाल्टी मिलानका किपरले रोकेका थिए।

यसैगरी, एट्लेटिको मड्रिड भने सिजन अघिको अन्तिम मैत्रीपूर्ण खेलमा २–१ले पराजित भयो। फेयनूर्डकै मैदानमा अग्रता पनि उसले नै लियो । १८औं मिनेटमा बायर्न लिन्सेनले गोल गर्दै फेयनूर्डलाई अग्रता दिलाए।

४१औं मिनेटम यानिक करास्कोले रातोकार्ड पाएपछि एट्लेटिको दबाबमा आएको थियो। तर, ८३औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फार्काए । इन्जुरी समयको तस्रो मिनेटमा नाउफल बनिसले गोल गरेपछि एट्लेटिको स्तब्ध भयो ।

अगस्त १४बाट सुरु हुने ला लिगाको नयाँ सिजनमा रियलले १४ अगस्टमा राति अलाभोससँग खेल्ने भने एट्लेटिकोले १५ अगस्तमा सेल्टाभिगोसँग खेल्ने छ । एट्लेटिको ला लिगाको डिफेन्डिङ च्याम्पियन हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सनको गोलमा टोटनहमले आर्सनललाई हरायो
Next post पाकिस्तानका डानिस अजिजले चितवनबाट इपिएल खेल्ने
Close