रियल बेटिसले १७ वर्षपछि जित्यो कोपा डेल रे

SHARE TO:
Read Time:1 Minute

रियल बेटिसले भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई सुटआउटमा ५–४ ले हराउँदै बेटिसलेले १७ वर्षपछि कोपा डेल रे उपाधि जितेको हो।

बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो । सेभिलमा भएको फाइनलको निर्धारित समय १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

भ्यालेन्सियाका अमेरिकी टिएनजर युनुस मुसाले मात्र पेनाल्टी गोल गर्न सकेनन् । हुवाँ मिरन्डाले बेटिसका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए । त्यसअघि खेलको ११औं मिनेटमा बोया इग्लेसिसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३० औं मिनेटमा भयालेन्सियाका ह्युगो डुरोले गोल गर्दै खेल बराबरी गरेका थिए।

बेटिसको इतिहासमा यो चौथो ठूलो उपाधि हो । बेटिसले यसअघि सन् १९३४(३५ मा ला लिगाको उपाध जितेको थियो भने १९७७ र २००५ मा कपको उपाधि जितेको थियो ।

यस्तै कप्तान ४० वर्षीय जाओक्विनले दोस्रो पटक कोपा डेल रे उपाधि जिते । उनले सन् २००५ मा पनि जितेका थिए ।

बेटिसका प्रशिक्षक मानुएल पेलेग्रेनीले सन् २०१६ मा म्यानचेष्टर सिटीबाट लिग कप जितेपछि पहिलो ट्रफी जितेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post जेसस चम्किँदा इपिएलमा सिटीको जित
Next post आईपिएलकाे फाइनल अहमदावादमा, प्लेअफका खेल कोलकातामा
Close