रियल मड्रिड लेभान्टेसँग पराजित

Read Time:2 Minute

स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड घरेलु मैदानमै पराजित भएको छ । घरेलु मैदान अलफ्रेडो डि स्टेफानो मैदानमा रियल लेभान्टेसँग २–१ले पराजित भयो ।

सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा रियल पराजित भयो । रियलको पराजित हुनुको मुख्य कारण इडर मिलिटाओको रातोकार्ड पनि रह्यो । नवौं मिनेटमै मिलिटाओले रातो कार्ड पाएपछि रियल दबाबमा आएको थियो । पहिले पहेँलो कार्ड देखाएका रेफ्रिले भारमार्फत मिलिटाओलाई राता कार्ड दिएका थिए ।

१० खेलाडीमा सीमित बनेको ४ मिनेटपछि रियलले अग्रता लियो । १३औं मिनेटमा मार्को असेन्सियोले गोल गरेका थिए । ३२औं मिनेटमा जोसे मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए । पहिलो हाफ १–१को बराबरीमा सकियो ।

६४औं मिनेटमा लेभान्टेले पेनाल्टी पायो । भिनिसियस जुनियरले लेभान्टेका खेलाडीलाई लडाएपछि उसले पेनाल्टी पाएको थियो । तर, रोजर मार्टीले प्रहार गरेको पेनाल्टी गोल हुन सकेन । उनको प्रहार पोस्टमा ठोकिएको थियो । ७८ औं मिनेटमा रोजरले नै गोल गर्दै लेभान्टेलाई २–० को जित दिलाए।

हारसँगै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी चारमा झार्ने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको २० खेलबाट ४० अंक छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १८ खेलबाट ४७ अंक छ। रियललाई पराजित गरेको लेभान्टे २० खेलबाट २६ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ।

शनिबार राति नै भएको अर्को खेलमा सेभियाले इबरलाई २–० ले पराजित गर्दा भ्यालेन्सियाले इल्चेलाई १–० ले हराएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कमल प्लेयर अफ दी सिरिज, पृथु र साहब उत्कृष्ट खेलाडी
Next post म्यान्चेस्टर सिटीकाको साँधुरो जित, रोकियो युनाइटेड
Close