कासिमिरो चम्किँदा सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा

ब्राजिलियन मिडफिल्ड कासिमिरो चम्किएपछि ला लिगामा जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदान बर्नबेउमा भएको खेलमा कासिमिरोले २ गोल गरेपछि सेभियालाई २–१ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले २० खेलमा १२ जित, ७ ड्र र १ हारको सामाना गर्दै ४३ अंक जोडेको छ । बार्सिलोना ४० अंकका साथ दोस्रो स्थानमा छ । यद्यपि बार्सिलोनाले १ खेल कम खलेको छ । समान ३५ अंक जोडेका एट्लेटिको मड्रिड र सेभिया क्रमशः तेस्रो र चौंथो स्थानमा छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । लुका जोभिकको ब्याक हिल पासमा ५७औं मिनेटमा गोल गर्दै कासिमिरोले रियललाई अग्रता दिलाए । तर, लगत्तै सेभियाले खेललाई बराबरीमा ल्यायो । ६४औं मिनेटमा लुक डे जोङले गोल गरेका थिए ।

लुकास भास्क्वेजको क्रसमा ६९औं मिनेटमा हेडिङमार्फत गोल कासिमिरोले पुनः रियलललाई अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा रियल २–१ले विजयी भयो ।

खेलमा रियलले ५३ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले सेभियाको पोस्टमा १३ सट प्रहार गरेकोमा ४ सट अन टार्गेट थियो । सेभियाले भने ८ सट प्रहार गर्दा ३ सट अन टार्गोट थियो ।

शनिबार नै भएका अन्य खेलमा गेटाफेले लेगानेसलाई ३–०ले हरायो भने अलाभेसले लेभान्टेमाथि १–०को जित निकाल्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.