रोड्रिगोको गोलमा रियलले इन्टरलाई हरायो

Read Time:1 Minute

ब्राजिलियन युवा स्ट्रायकर रोड्रिगोले गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ । यसअघिका दुईमा १ हार र १ बारबरी खेलेको रियलले मंगलबार राति घरेलु मैदानमा रोड्रिगोले खेलको अन्त्य तिर गरेको गोल मद्दतमा इन्टर मिलानलाई ३–२ले हरायो ।

रियललाई सुरुवाती अग्रता करिम बेन्जिमाले दिलाएका थिए । टोनी क्रुसले उपलब्ध गराएको पासमा बेन्जिमाले गोल गरेका हुन् । कप्तान तथा डिफेन्डर सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाउने काम गरे । त्यसपछि लगातार दुई गोल गर्दै इन्टर खेलमा फर्कियो । लौटारो मार्टिनेज र इभान पेरिसिकले गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए ।

खेल सकिन १० मिनेट बाँकी छदाँ रोड्रिगोले रियलका लागि विजयी गोल गरे । भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रोड्रिगोले गोल गरेका थिए ।

समूह बीकै अर्को खेलमा मोन्चेनग्लाडवाचले शख्तरलाई ६–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो । जर्मन क्लबको जितमा अलासाने प्लेले एक गोल गरे ।

ला लिगा महारथी रियल मड्रिडले ३ खेलबाट ४ अंक जोडेको छ । समूह तालिकामा रियल मड्रिड शीर्ष स्थानको बोरुसिया मोन्चेग्लाडवाच र शख्तर डोनेस्क भन्दा पछि रहँदै तेस्रो स्थानमा छ । इन्टर २ अंक सहित तालिकाको पुछारमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जोटाको ह्याट्रिकमा लिभरपुल विजयी, वायर्नको सहज जित
Next post जिससको गोलमा सिटी विजयी
Close