बेन्जिमाको ह्याट्रिमा बर्नाबेउमा १८ महिनापछि रियलको जित

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा सानदार जित निकालेको छ। १८ महिनापछि बर्नाबेउमा पहिलो खेल खेलिरहेको रियलले बेन्जिमाको ह्याट्रिक मद्दतम सेल्टाभिगोलाई ५–२ले हरायो

रियलको जितमा बेन्जिको ह्याट्रिकसागै भिनिसियस जुनियर र डेब्यु खेलाडी इडुवार्डो कामाविंगाले पनि गोल गरे । यता, सेल्टाभिगोका सान्टी मिना र फ्रान्को केर्वीले गोल गरे ।

खेलमा चौथो मिनेटमै मिनाले गोल गर्दै सेल्टाभिगोलाई अग्रता दिलाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए ।

४६औं मिनेटम बेन्जामाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जामाको पासमा गोल गर्दै रियललाई ३–२ को अग्रता दिलाए ।

७२औं मिनेटमा यसै सिजन रियलमा आवद्ध भएका कामाविंगाले डेब्यु खेलमै गोल गरे । ८७औं मिनेटमा बेन्जामाले पेनाल्टीमा गोलगर्दै ह्याट्रिक पूरा गरे भने रियललाई सानदार जित दिलाए ।

जितपछि ४ खेलबाट १० अंक जोडेको रियलले एट्लेटिको मड्रिड र भ्यालेन्सियालाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । सेल्टा भिगो एक अंकसहित १८औं स्थानमा छ ।

Facebook Comments Box