असेन्सियोको ह्याट्रिकमा रियल मड्रिडको सानदार जित

मार्कोस असेन्सियोले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा असेन्सियो र बेन्जिमा चम्किएपछि रियलले मालोर्कामाथि ६–१ को शानदार जित निकालेको छ।

सान्टियो वर्नाबेउमा तेस्रो मिनेटमै बेन्जिामाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि असेन्सियोले २४औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए । तर, २५औं मिनेटमा मालोर्काका काङ इन लिले गोल गर्दै खेललाई २–१मा ल्याए। २९औं मिनेटमा असेन्सियोले नै गोल गरेपछि पहिलो हाफमा रियलले ३–१को अग्रता लिाये ।

५५औं मिनेटमा असेन्सियोले नै गोल गर्दै रियललाई ४–१को अवस्थामा ल्याए भने ला लिगामा आफ्नो ह्याट्रिक पनि पुरा गरे। त्यसपछि बेन्जिामाले ७८औं र इस्कोले ८४औं मिनेटमा गोल गरे पछि रियल ६–१ले विजयी भयो । मालोर्काविरुद्धको २ गोलसँगै बेन्जिमाले ला लिगामा २ सय गोल पनि पुरा गरेका छन्।

ला लिगाकै अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दा स्पानियोलले अलाभेसलाई १–० र भिल्लारियलले इल्चेलाई ४–१ले हराएका छन्।

जितपछि ६ खेलबाट १६ अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंकसहित छिमेकी एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । मायोर्का ६ खेलबाट ८ अंकसहित १०औं स्थानमा छ । सेभिया पाँच खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । ६ खेलबाट १० अंकसहित भ्यालेन्सिया चौथो स्थानमा छ ।

Facebook Comments Box