रियल उपाधितर्फ उन्मूख

11 Mar, 2024

स्पेनी ला लिगामा रियल म्याड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोमाथि ४–०को सहज जित निकाल्यो।

यो जितपछि रियलले शीर्ष स्थानमा ७ अंकका स्पष्ट अग्रता बनाएको छ, र उ उपाधितर्फ उन्मूख भएको छ।

२८ खेलमा रियलको ६९ अंक छ। चोटका कारण आफ्ना स्टार खेलाडीहरुले गुमाएपछि रियलले यो सिजन १ खेल मात्र हारेको छ। दोस्रो स्थानको जिरोनाको ६२ अंक छ भने बार्सिलोना ६१ अंकसहित तेस्रो स्थानमा छ।

बर्नाबाउमा भएको खेलमा भिनिसियस जुनियर र अर्डा गुलेरले गोल गरे भने दुई आत्मघाती गोल भएको थियो।

खेलको २१औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

सेल्टाका किपर भिसेन्टे गुएटियाले ७९औं र कार्लोस डोमिङ्गुएजले ८८औं मिनेटमा आत्मघाती गोल गरेपछि रियलले ३–० को आरामदायी अग्रता बनाएको थियो।

८९औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गुलेरले इन्जुरी टाइमको चौथो मिनेटमा गोल थपे। उनको यो रियलका लागि पहिलो गोल हो।

आइतबार नै भएका अन्य खेलमा एलाभेसले रायो भाल्कानोलाई १–०, एथलेटिको बिलबाओले लास पाल्मासलाई २–० र भिल्लारियलले रियल बेटिसलाई ३–२ ले हरा