रियल रोकिँदा एट्लेटिकोको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिँदा लिग लिडर एट्लेटिको मड्रिडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिँदा एट्लेटिकोले इबारलाई ५–०ले हरायो ।

गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो। यस बराबरीसँगै रियललाई उपाधि होडमा धक्का लागेको छ ।
रियलको बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई फाईदा पुगेको छ ।

एट्लेटिको मड्रिडले आइबरलाई ५(० ले पराजित गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोका लागि एन्जल कोरेअ र मार्कुस लरेन्टेले २–२ गोल गरे भने यानिक कारास्कोले १ गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा कोरेअले ४२औं र ४४औं मिनेटमा गोल गरेका थिए । कारास्कोले ४९औं मिनेटमा गोल गर्दै अग्रता ३–० बनाएका थिए । त्यसपछि ५३औं र ६८औं मिनेटमा मार्कुस लरेन्टेले गोल गर्दै फराकिलो जित दिलाए ।

जितपछि एट्लेटिकोको ६४ खेलबाट ७० अंक भएको छ । एट्लेटिकोले छिमेकी रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको छ । रियलको ६७अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.