बेन्जिमा र मोड्रिचको गोलमा रियल विजयी, बार्सिलोनाको जितमा ग्रिजम्यानको निर्णायक गोल

लिगको अन्तिम खेलमा जित निकाले पनि रियल मड्रिड ला लिगा उपाधि रक्षा गर्न असफल भएको छ। शनिबार राति घरेलु मैदानमा रियलले भिल्लारियलविरुद्ध २–१को उत्कृष्ट पुनरागमन जित निकाल्यो। तर, अर्र्काे खेलमा एट्लेटिको विजयी भएपछि रियलले दोस्रो स्थानम रह्यो।

च्यम्पियन बनेको एट्लेटिकोको ८६ अंक भयो भने रियलको ८४ अंक । बार्सिलोना७९ अंकका साथ तेस्रो स्थानमा रह्यो।

भिल्लारियलविरुद्ध रियललाई जित दिलाउन करिम बेन्जिमा र लुका मोड्रिचले गोल गरे भने भिल्लारियलका एरेमी पिनोले गोल गरेका थिए।

पिनोले २०औं मिनेटमा गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै समियो । पहिलो हाफमा भिल्लारियलले खेललाई पूर्ण रुपमा नियन्त्रणमा राखेको थियो।

तर, दोस्रो हाफमा रियलले उत्कृष्ट खेल खेल्दै पुनरागमन जित निकाल्यो । ८७औं मिनेटमा रोड्रिगोको पासमा बेन्जिमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले बेन्जिमाको पासमा गोल गर्दै रियललाई २–१को जित दिलाए ।

यस्तै, शनिबार राति नै भएको अर्को खेल बार्सिलोना विजयी भयो । कप्तान लियोलन मेसी बिना नै मैदान उभित्रएका बार्सिलोनाले एन्टोइन ग्रिजमनको निर्णायक गोलमा इबारमाथि १–०को जित निकाल्यो। ग्रिजमनले ८१औं मिनेटमा गोल गरेका थिए।

यसैगरी शनिबार राति नै भएका खेलमा जित निकाल्दै रियल बेटिस र रियल सोसिडाड युरोपा लिगका लागि छनोट भएका छन् । बेटिसले सेल्टाभिगोविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२को जित निकाल्यो भने सोसिडाडले ओसासुनालई १–०ले हरायो। ६२ अंकका साथ सोडिसाड पाँचौं र ६१ अंकका साथ बेटिस छैठौं स्थानमा रहे।

यस्तै अन्तिम खेलमा जित निकाल्न असफल भएपछि रियल भालाडोलिड, हुएस्का र इबार रेलिगेसनमा परेका छन्। भालाडोलिग एट्लेटिकोसँग २–१ र इबार बार्सिलोनासँग १–०ले पराजित भयो । हुएस्का भने भिल्लारियलसँग गोलरहित बराबरीमा रोकियो । यता, एथ्लेटिको क्लबमाथि २–०को जित निकाल्दै इल्चे भने रेलिगेनबाट बचेको छ।

हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ। भालाडोलिसँगै हुएस्का र इबार पनि रेलिगसनमा परेका छन्।

यता, रियल मड्रिडले भिल्लारियललाई २–१ले हरायो । उसले पनि एक गोलले पछिप परेको अवस्था उल्टाउँदै जित निकालेको हो। उसका लागि करिम बेन्जिमा र लुका मोड्रिचले गोल गरे भने भिल्लारियलका यो सिजन उपाधिबिहीन बनेको रियलले दोस्रो स्थानमा रहेर लिग सकायो ।

यस्तै अन्य खेलमा बार्सिलोनले इबारलाई १–०ले हरायो भने रियल सोसिडाडले पनि ओसासुनालाई १–०ले नै हरायो। रियल बेटिसले सेल्टाभिगोलाई ३–२ले हरायो । जितपछि सोसिडाड र बेटिस युरोपा लिगका लागि छनोट भएका छन्

Facebook Comments Box