ला लिगामा रियल र बार्सिलोना दुवैको जित

Read Time:1 Minute

स्पेनिस ला लिगअन्तर्गत आइतबार राति भएका खेलमा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले एथ्लेटिक बिल्बाओमाथि २–०को जित निकाल्दा बार्सिलोनाले गेटाफेमाथि १–०को जित निकाल्यो।

बिल्बाओमाथि रियललाई जित दिलाउन कप्तान करिम बेन्जिमा र टोनी क्रुसले गोल गरे। उसले दुवै हाफमा समान १ गोल गरेको थियो।

२४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । उनले ओसेन्सियोको पासमा गोल गरेका थिए। ९०औं मिनेटमा क्रुसले रोड्रिगोको पासमा गोल गरेपछि रियल २–०ले विजयी भयो।

खेलमा दबाब भने बिल्बाओले दिएको थियो । उसले ५१ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, रियलले १० सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।

यस्तै, बार्सिलोनाले घरेलु मैदानमा पेड्रीको निर्णायक गोलमा गेटाफेमाथि १–०को जित निकाल्यो । पेड्री ३५औं मिनेटमा राफिन्हाको पासमा गोल गरेका थिए।

यो जितपछि ४४ अंकसहित बार्सिलोना शीर्ष स्थान मा छ भने ४१ अंक जोडेको रियल दोस्रो स्थानमा छ। बिल्बाओ २६ अंकसहित आठौं र गेटाफे १७ अंकसहित १६औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोनाल्डोको डेब्यू खेलमा अल नासरको जित
Next post फिफाले लगायो श्रीलंकामाथि प्रतिबन्ध
Close