भिल्लारियलसँग रोकियो रियल

Read Time:1 Minute

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो।

यो बराबरीसँगै रियलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउने अवसर गुमाएको छ। रियलको २४ खेलमा ५४ अंक भएको छ भने दोस्रो स्थानको सेभियाको ५० अंक छ। यता, भिल्लारियल भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।

खेलमा दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरेका थिए । पहिलो हाफमा भिल्लारियल हावी भएको थियो भने दोस्रो हाफमा रियल । दुवै टिमका किपरले केही उत्कृष्ट बचाउ गरेका थिए।

खेलमा ५७ प्रतिशत बल पोजेशन बनाउँदै रियलले १७ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । भिल्लारियलले भने ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

यसैगरी ला लिगाकै अर्को खेलमा काडिच र सेल्टाभिगोले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएलमा बिकेनन् सन्दीप
Next post ब्राजिलियन क्लबलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
Close