१ सय मिलियनमा रियलले भित्र्यायो मिडफिल्डर चुवामेनी

स्पेनिस क्लब रियल मड्रिडले युवा फ्रेन्च मिडफिल्डर औरेलियन चुवामेनीलाई अनुबन्ध गरेको छ। २२ वर्षीय मिडफिल्डरका लागि रियलले १ सय मिलियन युरो खर्चियो।

रियलले चुवामेनीलाई फ्रेन्च क्लब एएस मोनाकोबाट अनुबन्धन गरेको छ। रियलले चुवामेनीसँग ६ वर्षको सम्झौता गरेको छ।

उत्कृष्ट फर्ममा रहेका चुवामेनी भित्र्याउन पिएसजी पनि लागिपरेको थियो । तर, उनले पिएसजी छाड्दै रियल रोजेका हुन्।

सन् २०२०मा बोर्डक्सबाट मोनाको आएका चुवामेनीले ९५ खेल खेल्दै ८ गोल गरेका छन्। उनले फ्रान्सका लागि उनले १० खेल १ गोल गरिसकेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–२० टिमको क्लोज क्याम्पका लागि छानिए ४० खेलाडी
Next post अन्तिम ओभरमा अदिलले उत्कृष्ट बलिङ गरेपछि नेपाल हारबाट जोगियो
Close