
बेन्जिमा चम्किँदा रियल विजयी, एट्लेटिकाे पराजित
ला लिगा शीर्षस्थानमा रहेको रियल मड्रिड विजयी भएको छ। स्ट्राइकर करिम बन्जिमाको उत्कृष्ट प्रदर्शन मद्दतमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ले हरायो।
रियलको जितमा करिम बन्जिमाले २ गोल गरे भने बिल्बाओका ओइहान सान्सेटले एक गोल फर्काए।
सान मामेस वारिया बिल्वाओका बुधबार राति भएको खेलको चौथो मिनेटमा नै करिम बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले टोनी क्रुसको पासमा गोल गरेका हुन्। सातौ मिनेटमा बेन्जेमाले नै टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
खेलको १०औं मिनेटमा ओइहान सान्सेटले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले ओस्कार डि मार्कोसको पासमा गोल गरेका थिए। घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले थप गोल गर्न नसक्दा पहिलो हाफको नतिजा नै रियलको जितमा पर्याप्त बन्यो।
यता, एट्लेटिको मड्रिड भने पराजित भएको छ। बुधबार राति भएको खेल एट्लेटिको ग्रानडासँग २–१ले पराजित भयो। एट्लेटिकोको लागि खेलको दोस्रो मिनेटमै जोआ फेलिक्सले गोल गरेका थिए । ग्रानडाका डार्विन मार्चिस १७औं मिनेटमा बराबरी गोल फर्काएका थिए भने ६१औं मिनेटमा जोर्गे मोलिनाले विजयी गोल गरेका थिए।
जितसँगै रियलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। रियलको १९ खेलबाट ४६ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ। सेभिाले एक खेल कम खेलेको छ। पराजित बिल्वाओ २४ अंकका साथ १०औं स्थानमा छ। एट्लेटिको २९ अंकसहित पाँचौं स्थानमा छ भने ग्रनडा २२ अंकसहित १२औं स्थानमा छ।