
भिनिसियस र बेन्जिमाका गोलमा रियल विजयी, एट्लेटिको पनि विजयी
करिम बेन्जिमा र भिनिसियस जुनियरले गोल गरेपछि स्पेसिन ला लिगमा रियल मड्रिड विजयी भएको छ। बेन्जिमा र भिनिसियसको गोल मद्दतमा रियलले अलाभेसमाथि ३–०को जित निकाल्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भयो । ६३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । उनले करिम बेन्जिमाको पासमा गोल गरेका थिए ।
८०औं मिनेटमा बेन्जिमाकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि इन्जुरी समयमा बेन्जिमाले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।
योसँगै रियलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। रियलको २५ खेलबाट ५७ अंक छ । एक खेल कम खेलेको सेभिया ५० अंकसहित दोस्रो स्थानमा छ । अलाभेस २५ खेलबाट २० अंकसहित १९ औं स्थानमा छ ।
यसैगरी ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । उसले पनि ओसासुनामाथि ३–० कै जित निकाल्यो । उसका लागि जाओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेअले गोल गरे।
यस्तै, भिल्लारियलले ग्रानडामाथि ३–१को जित निकाल्दा कार्डिस सिटी र गेटाफेले १–१ गोलको बराबरी खेले।