मड्रिड डर्बीमा रियल विजयी, जित्यो सिजनको पहिलो उपाधि

मड्रिड डर्बीमा जित निकाल्दै स्पेनिस जाइन्ट रियल मड्रिडले सिजनको पहिलो उपाधि जितेको छ । आइतबार राति किङ अब्दुल्ला स्पोट्र्स सिटी साउदी अरेबियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ले पराजित गर्दै रियलले सिजनको पहिलो उपाधिका रुपमा स्पेनिस सुपर कप जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको ३० मिनेट पनि गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा रियल भाग्यमानी सावित भयो ।

रियलका लागि ड्यानी कार्भाजल, रोड्रिगो गोस, लुका मोड्रिच र कप्ता सर्जियो रामोसले गोल गर्दा एट्लेटिकोका केभिन ट्रिपियरले मात्र गोल गरे । उसका साउल निगुइजको प्रहार पोलमा लागेको थियो भने थोमस पार्टीको प्रहार रियलका किपर थिवाउन कोर्टुवाले बचाएका थिए ।

निर्धारित समयमा दुवै टिमले गोलका केही राम्रा अवसर सिर्जनाका गरेका थिए । रियलका कासिमिरो, मोड्रिड, भिनियिस जुनियरको प्रहार एट्लेटिकोका किपर जोआन ओलब्याकले बचाएका थिए भने लुका जोभिकको प्रहार पोस्टनजिकैबाट बाहिरिउको थियो ।

यता, एट्लेटिको मड्रिडका केही प्रहार पनि रियलका पिकर कोर्टुवाले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा वान टु वानमा अल्भारो माराटको प्रहार कोर्टुवाले उत्कृष्ट बचाउ गरे । खेलको अन्त्य भने रियलले १० खेलाडीमा रहेर ग¥यो । ११५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै फेडेरिको भाल्भार्डे मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा रियलले ६६ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा २० सट प्रहार गरेको थियो । जसमध्ये ५ सट फ्रेममा थियो । एट्लेटिकोले १५ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *