हाजार्ड र इस्कोको गोलमा रियल कोपा डेल रेको अन्तिम आठमा

SHARE TO:
Read Time:2 Minute

रियल मड्रिड स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति इल्चेलाई २–१ले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो।

एक गोलले पछि परेको अवस्थामा सक्सिच्युट मिडफिल्डरद्वय इस्को र इडेन हाजार्डले गोल गरेपछि रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जितहात पारेको हो।

इल्चेविरुद्धको खेलमा प्रशिक्षक कार्लो एन्सेलोटीले मुख्य फरवार्ड करिम बेन्जेमासहित पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दिएका थिए। रियलले दोस्रो हाफमा क्यासमिरो र लुका मोड्रिचसँगै इस्कोलाई प्रवेश गराउँदा अतिरिक्त समयमा हाजार्डलाई मैदान प्रवेश गराएको थियो।

निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। १०२औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा रियल समस्यामा परेको थियो। १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गरेपछि रियल खेलमा १–० ले पछि परेको थियो।

खेलको १०८औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ७९औं मिनेटमा लुका जोभिकको स्थानमा मैदा छिरेका इस्कोले ९१औं मिनेटमा मैदान छिरेका ड्यानी सेवालोसको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछि ११५औं मिनेटमा अर्को सब्सिच्युट मिडफिल्डर हाजार्डले गोल गर्दै रियललाई २–१ ले अघि बढाए। ९१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका हाजार्डले डेभिड अलाबाको पासमा गोल गरेका थिए।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेरे मिल्ला दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इल्चेपनि १० खेलाडीमा समेटिन पुगेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post डेम्बेलेलाई जाभीले दिए दुई विकल्प, के गर्लान् डेम्बेलेले ?
Next post बार्सिलोनाको खराब प्रदर्शन, कोपा डेल रेको अन्तिम १६बाटै बाहिरियो
Close