असेन्सियोको गोलमा रियल विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता

Read Time:1 Minute

स्पेनिस ला लिगमा रियल मड्रिड विजयी भएको छ। आइतबार राति आफ्ना स्टार स्ट्राइकरद्वय करिम बेन्जिमा र भिनिसियस जुनियर विना मैदान उत्रिएको रियलले ग्रानडामाथि १–०ले जित निकाल्यो।

रियलको जितमा मार्को असेन्सियोले निर्णायक गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा उनले ७४औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाए । उनले इडर मिलिटाओको पासमा गोल गरेका थिए ।

यो जितसँगै रियलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । उसले २३ खेलमा ५३ अंक जोडेको छ। सेभिया ४७ अंकसहित दोस्रो स्थानमा छ। ग्रानडा भने २४ अंकका साथ १६औं स्थानमा छ।

यसैगरी आइतबार राति नै भएको खेलमा भिल्लारियल पनि विजयी भएको छ । उसले तेस्रो स्थानमा रहेको रियल बेटिसमाथि २–०को जित निकालेको हो । उसका लागि पाउ टोरेस र इट्नेन कापोउले गोल गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि
Next post मेसी र एमबाप्पेको गोलमा पिएसजीको सानदार जित
Close