
रोड्रिगो चम्किँदा सिटीमाथि रियलको पुनरागमन जित, १४औं उपाधि नजिक रियल
ब्रालिलियन युवा स्ट्राइकर रोड्रिगोको उत्कृष्ट प्रदर्शन मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा अन्तिम समयमा रोड्रिगोले २ गोल गरेपछि रियलले म्यान्चेस्टर सिटीमाथि ६–५को पुनरागमन जित निकाल्दै फाइनय यात्र तय गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि सिटीले खेलमा समग्रमा सिटीले खेलमा ५–३को अग्रता लियो ।
त्यसपछि दबाबमा परेको रियलका लागि रोड्रिगोले खेलको अन्त्यमा २ गोल गरेपछि रियलले उत्कृष्ट पुनरामगन ग¥यो । ९० औं मिनेटमा रियलका लागि बराबरी गोल गरेका रोड्रिगोले इन्जुरी टाईमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । त्यसपछि समग्रमा खेल ५–५ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपियो । करिम बेन्जेमाले ९५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियलाई ३–१ को जित दिलाए ।
अब रियलले १४औं उपाधिका लागि लिभरपुलको सामना गर्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।