कार्भाजलको गोलमा रियल विजयी

ड्यानी कार्भाजल निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । शनिबार रातिको खेलमा कार्भाजलको गोल मद्दतमा रियलले रियल बेटिसलाई १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१औं मिनेटमा कार्भाजल गोल गरेका थिए। उनले करिम बेन्जिमाका पासमा भली मार्फत गोल गरेका थिए।

खेलमा बल पेजसनमा भने बेटिस माथि थियो। उसले ५२ प्रतिशत बल पोजेसन बनाउँदै रियलको पोस्टमा ११ सट प्रहार गरेको थियो, जसमध्ये ३ सट फ्रेममा थियो । यता रियलले १३ सट प्रहार गर्दा ३ सट फ्रममा थियो।

जितसँगै रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।

Facebook Comments Box